नेपालमा संविधान जारी भएको छ । संविधान जारी भएको केही दिनमै तराईमा एक खाले आन्दोलन सुरु भयो जुन आन्दोलन अहिलेसम्म मत्थर हुन सकेको छैन् । आन्दोलनकारीका मागहरु भन्दा पनि अन्य कुनै शक्तिको शक्तिकेन्द्रकै भरमा आन्दोलन चर्किएको भन्ने कुरा अव कँही कतै कसैले लुकाएर लुक्नेवाला छैन् । किनकी आन्दोलन के मुद्धाको लागि उठाईएको छ र परिणाम के हुने हो भन्ने बिषय थाहा नभएकै कारण तराईको आन्दोलन अव कुहिरोका काग झै गरि हराउने खतरा समेत नेपालमा बढेको छ ।
तराईमा समावेशीता भएन र महिला, दलित र जनजातीका मागहरु सम्बोधन हुन सकेनन् भनेर चर्को बहस गर्ने जनमास अहिले हराएको छ । किनकी योग्यता र क्षमता भएको खण्डमा नेपालमा महिलाहरुले पनि राष्ट्राध्यक्षको पद सम्हाल्न सक्दा रहेछन् । सभामुख पद सम्हाल्न सक्दा रहेछन । बर्तमान संविधानले दिएको अधिकारको तराईदेखि पहाड सवै स्थानमा रहेका आम महिलाहरुको सम्मान गरिदिएको छ ।
अव समावेशीको मुद्धा हैन् हरेक महिलाहरुले आफ्नो पार्टी र संगठनमा संविधानको अनिवार्य कार्यान्वय तर्फ ध्यान दिन सके मात्रै नेपाली महिलाहरुको मार्गदर्शन बन्ने छ नयाँ संविधान । संविधान जारी भएको एक महिनाभित्रै नेपाली महिलाहरुले पाएको दुईवटा महत्वपुर्ण पदले आम नेपाली महिलाहरुलाई सम्मान दिएको छ । अव बाँकी यती मात्रै छ क्षमतावान हुने हो भने भोली हुने संघिय प्रदेश बिभाजन सँगैका पदहरुमा दुर्गम बस्तिका महिलाहरुले समेत संघको प्रमुख हुने अवसर अवश्य आउने देखिन्छ त्यसका लागि आम नेपाली महिलाहरुले आ आफ्नो पार्टी पंती सँग जिम्मेवारी बोध गराउनुपर्ने देखिन्छ ।








